
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले विपद्को जोखिममा रहेका सिन्धुपाल्चोकलगाय जिल्लामा उच्च सतर्कताका साथ पूर्वतयारीमा ध्यान दिन आग्रह गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले प्रिमनसुन सुरु भएकाले सतर्क रहन आग्रह गरेका हुन् ।
“प्रिमनसुन सुरु भएको छ । राजमार्गमा त्रास छ । नागरिकको सडकमै बास भएको छ,” उनले भने ।
उनले सरकारका निकायबीच आपसमा समन्वय नहुँदा विपद् उद्धार र व्यवस्थापनमा ढिलाइ भएको बताए ।
“चीनसँगको प्रमुख व्यापारिक नाका चीनसँग जोड्ने खोप्लाङमा सडक भासिएका कारण त्यहाँको सडक पूर्णरूपमा बन्द भएको छ । तातोपानीबाट ल्याइएका स्याउ, लसुनलगायत ३० वटा कन्टेनर र ५०० भन्दा बढी विद्युतीय सामग्री तातोपानी क्षेत्रमा अलपत्र छन्,” उनले भने ।