site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दक्षिण अस्ट्रेलियामा दुई सय समुद्री जनावरको मृत्यु, यस्तो छ कारण

काठमाडौं । दक्षिण अस्ट्रेलियाको तटमा दुई सयभन्दा बढी विभिन्न समुद्री जनवारहरू मरेका छन् । यसको कारण शैवालको फूल अर्थात् पानीमा शैवालको द्रुत गतिमा बढ्दो संख्यालाई मानिएको छ । 

पानीमा शैवालको संख्या बढ्दै जाँदा यसको रंग परिवर्तन हुने बताइएको छ । मार्चदेखि दक्षिण अस्ट्रेलियाको तटको पानीमा शैवालको संख्या बढ्दै गएको छ । यो लगभग साढे चार हजार वर्ग किलोमिटरसम्म विस्तार भएको छ ।

“यो एउटा दुर्लभ घटना हो किनभने शैवालको फूल निरन्तर बढ्दै जान्छ,”  वन्यजन्तु वैज्ञानिक भेनेसा पिरोट्टाले भनिन् ।

अन्य वैज्ञानिकहरूले शैवालले विष उत्पादन गर्ने र यसले समुद्री जीवनलाई नष्ट गर्ने बताएका छन् । 

मरेका जीवहरूमा सबैभन्दा सानो बच्चा माछादेखि ठूला सेता शार्कहरूसम्म पर्छन् ।

यद्यपि, शैवाल मानिसका लागि हानिकारक नरहेको तर उच्चस्तरको शैवालको सम्पर्कमा आउनेहरूलाई छालामा जलन र खोकी वा सास फेर्न समस्या हुन सक्ने बीबीसीले जनाएको छ । 

यस्तो अवस्थामा मानिसलाई पानीको रंग परिवर्तन भएको समुद्र तटहरूमा पौडी नखेल्न सल्लाह दिइएको छ । बीबीसी 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  ०५:५९
प्रतिक्रिया दिनुहोस्