
काठमाडौं । माल्दिभ्स साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार माल्दिभ्स समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
माल्दिभ्सले समूह ‘ए’ को दुवै खेलमा बराबरी खेल्दै दुई अंकका साथ सेमिफाइनलमा स्थान बनाएको हो । यसअघि पहिलो खेलमा माल्दिभ्सले बंगलादेशसँग २–२ को बराबरी खलेको थियो ।
टोलीले अन्तिम खेलमा भुटानसँग सेमिफाइनलका निम्ति २–२ को बराबरी खेलेको हो ।
माल्दिभ्सका लागि एड मोहम्मद जाविज र असम इब्राहिम मोहम्मदले समान एक गोल गरे । जवाफमा भुटानका ल्हाम तेन्जिन र चोग्याल सेराबले समान एक गोल फर्काए ।
भुटान भने बराबरीबाट एक अंकमा सीमित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि भुटान पहिलो खेलमा बंलादेशसँग ३–० ले पराजित भएको थियो ।
अब माल्दिभ्सले सेमिफाइनलमा समूह ‘बी’ को विजेतासँग खेल्नेछ । आगामी मे १६ (शुक्रबार) समूह ‘बी’ को विजेता र माल्दिभ्सबीच प्रतिस्पर्धा हुने तालिका छ ।