site stats
बाह्रखरी :: Baahrakhari
देश
विदेश पठाउने भन्दै ५१ लाख ९० हजार ठगी गर्ने दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । वैदेशिक रोजगारीको लागि विदेश पठाउने भन्दै ५१ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–१ बस्ने ३५ वर्षीय प्रेमबहादुर साउद तथा सुर्खेत सिम्ता गाउँपालिका–८ बस्ने २१ वर्षीय ललित बोहरा रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाइ सम्पर्कविहीन भएकोमा पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये साउदले तीनजनालाई आयरल्यान्ड पठाउने भन्दै ४१ लाख ९० हजार र बोहराले एकजनालाई यूके पठाउने भन्दै दश लाख लिई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  २२:५८
प्रतिक्रिया दिनुहोस्