देश

काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि पक्राउ परेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईंलगायतलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
मंगलबार जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले मिश्र र प्रसाईंसहित २६ जनालाई हिरासतमा राख्न थप म्याद दिएको हो । उनीहरूमाथि प्रहरीले राज्यविरुद्धको अपराध, संगठित अपराधसमेतको अभियोगमा अनुसन्धान गरिरहेको छ ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२ १९:१३
प्रतिक्रिया दिनुहोस्