site stats
बाह्रखरी :: Baahrakhari
देश
बीपी राजमार्गमा दुईपांग्रे सवारीसाधन आवातजावत गर्न कठिन

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका माम्तीस्थित रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ । 

अविरल वर्षापछि आएको बाढीका कारण सोमबार रातिदेखि अवरुद्ध बीपी राजमार्ग मंगलबार दिउँसोबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ । राजमार्ग पूर्ण रूपमा सुचारु भए पनि दुईपांग्रे सवारीसाधनलाई भने आवातजावत गर्न कठिन देखिएको छ ।

बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १८:३५
प्रतिक्रिया दिनुहोस्