site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेट वितरणमा काखापाखा नगर्न सांसद केसीको आग्रह
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बजेट वितरण गर्दा काखापाखा नगर्न अर्थमन्त्री विष्णु पौडेललाई आग्रह गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा प्रिबजेट छलफलका क्रममा उनले सबै क्षेत्रमा बजेट सन्तुलित आउनुपर्ने बताए ।

उनले निर्वाचन क्षेत्रका जनताले बजेट पार्न बारम्बार गुनासो गरिरहेको बताए । उनले अघिल्ला वर्षमा मन्त्री भेट्दा नियमसंगत गर्ने भनेर ढुक्क पार्ने गरेको तर व्यवहारमा त्यस्तो नभएको बताए । 

“बजेट वितरण गर्दा काखा र पाखा गर्न मिल्दैन, कसैलाई काखा पारेर पनि तपाईंहरूले जस पाउनुहुन्न । आज सत्तामा बस्दा गरेको भेदभाव उसले कुरा काटिरहन्छ । त्यसकारण सत्तामा भएका बेलामा निर्भीक भएर निष्पक्षताका साथ सबै क्षेत्र सबै ठाउँलाई सन्तुलित बजेट बाँड्नुपर्छ,” उनले भने । 

उनले विगतमा जस्तो भेदभाव नगर्न आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro