site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तत्काल खुसी नमनाउन बार्सिलोनाका खेलाडीलाई फ्लिकको आग्रह
Tiktok banner adTiktok banner ad

काठमाडौं । बार्सिलोनाका मुख्य प्रशिक्षक हेन्सी फ्लिकले ला लिगा उपाधि दौडमा अघि रहे पनि आफ्ना खेलाडीलाई अझै खेलमै केन्द्रित रहन र अनावश्यक खुसियाली नमनाउन आग्रह गरेका छन् ।

आइतबार ला लिगाअन्तर्गत घरेलु मैदानमा सम्पन्न खेलमा चिर–प्रतिद्वन्द्वी रियाल मड्रिडविरुद्ध ४–३ को रोमाञ्चक जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको थियो । यसको अर्थ बार्सिलोनाले ला लिगाका बाँकी तीन खेलमध्ये एक खेलमा जित निकाले उपाधि सुनिश्चित गर्नेछ । 

तर, उपाधि सुनिश्चित नभएसम्म कुनै पनि प्रकारको खुसी नमनाउन प्रशिक्षक फ्लिकले आग्रह गरेका हुन् ।

“मलाई अहिले नै हामी च्याम्पियन बनिसक्यौँ भन्ने भावना आएको छैन । र, मेरो खेलाडीले पनि यस्तै सोच राख्छन् भन्ने मेरो विश्वास छ । पक्कै पनि अहिले हामी राम्रो स्थितिमा छौँ,” फ्लिकले भने, “तर, आगामी दिनमा के हुन्छ भन्ने हामी कसैलाई थाहा हुँदैन । हामीसँग अझै तीन खेल बाँकी छ । सबै प्रतिद्वन्द्वी हामीलाई हराउँन चाहन्छन् । त्यसैकारण हामी अझै पनि आगामी खेलमा मात्रै केन्द्रित रहन आवश्यक छ ।”

ला लिगाको लिग लिडर बार्सिलोनाले ३५ खेलबाट ८२ अंक जोडेको छ । समान खेलबाट ७५ अंकसहित रियाल तालिकाको दोस्रो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro