खेल

काठमाडौं । भुटानविरुद्ध ३–० को जित निकाल्दै बंगलादेश साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको गोल्डेन जुब्ली स्टेडियममा समूह चरणको अन्तिम खेलमा जित निकाल्दै बंगलादेश सेमिफाइनमा प्रवेश गरेको हो ।
बंगलादेशको जितमा मोहमद मुर्सेद अलि, रिन्जीन दोर्जी र नाज्मुद हुदा फैसलले समान एक–एक गोल गरे ।
जितसँगै बंगलादेशले सेमिफाइनल यात्रा तय गरेको छ । बंगलादेशले अब सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता वा विजेतामध्ये एकसँग खेल्नेछ । यसअघि गत शुक्रबार बंगलादेशले भुटानसँग १–१ को बराबरी खेलेका थिए । अब, भुटान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२ २०:१९
प्रतिक्रिया दिनुहोस्