-1746617696.jpg)
काठमाडौं । नेपालको लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले देशभर ‘बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेन’को घोषणा गरेको छ । बीवाईडीले आजदेखि (वैशाख २४ देखि २७) देशभर एक्सचेन्ज क्याम्पेन सुरु गरेको हो ।
उक्त अफरअन्तर्गत ग्राहकले छुटाउनै नहुने मौका पाउनेछन् । जसमा ‘फ्युचर अफ मोबिलिटी’ अर्थात् बीवाईडी इलेक्ट्रिक गाडीमा अपग्रेड हुन सकिने कम्पनीले जनाएको छ ।
मेगा एक्सचेन्ज अवधिमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्ड वा मोडलको गाडीसँग बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी एम–६ लिन सक्नेछन् । एक्सचेन्जका लागि ‘बेस्ट–इन–इन्डस्ट्री भ्यालुएसन’ प्राप्त गर्न सकिनेछ ।
यसअन्तर्गत आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशतसम्म फाइनान्सिङ र स्पेसल नगद छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
थप सुविधाको रूपमा, सो चार दिने मेगा एक्सचेन्जमा बीवाईडी गाडी बुकिङ गर्ने ग्राहकलाई लक्की ड्रमा सहभागी हुने मौका प्राप्त हुने कम्पनीले जनाएको छ । तीनजना लक्की ड्र विजेतालाई आफूले किनेको गाडीमा १२ महिनासम्मको किस्ता निःशुल्क अर्थात् फ्रि ईएमआई उपलब्ध हुनेछ ।
सो एक्सचेन्ज क्याम्पेन देशभरका सहरमा रहेका बीवाईडीका निम्न सोरुम तथा अन्य विशेष स्थलमा आयोजना हुने कम्पनीले जनाएको छ :
चितवन – बीवाईडी पार्क, चितवन
बुटवल – भेल्भेट लक्स होटल
भैरहवा – बोधी रेडसन
नेपालगन्ज – बीवाईडी नेपालगन्ज सोरुम
दाङ – माला इन
धनगढी – होटल रुबस
बिर्तामोड – टाइमलेस मोमेन्ट्स होटल
दमक – बीवाईडी सोरुम, दमक
इटहरी – बीवाईडी सोरुम, इटहरी
विराटनगर – बीवाईडी सोरुम, विराटनगर
जनकपुर – बीवाईडी सोरुम, जनकपुर
लहान – बीवाईडी सोरुम, लहान
वीरगन्ज – बीवाईडी सोरुम, वीरगन्ज
पोखरा – रोयल महल बैंक्वेट
ललितपुर – सत्कार फाइन डाइन
पेप्सीकोला – म्याजेस्टिक बैंक्वेट, पेप्सीकोला
कोटेश्वर – रोयल लाउन्ज बैंक्वेट एन्ड रेस्टुरेन्ट
सोल्टीमोड – ल्यान्डमार्क रिसेप्सन
सातदोबाटो – सेल्सबेरी, सातदोबाटो
नक्साल – आम्रपाली बैंक्वेट
“नयाँ अर्थिक वर्ष आउन लागेको र ईभीको करमा समेत परिवर्तन हुने हल्ला चलिरहेको समयमा दिगो मोबिलिटीको क्षेत्रमा आफूलाई लैजाने यो उपयुक्त समय हो । यसरी स्विच हुनका लागि मेगा एक्सचेन्ज अफरले उपलब्ध गराउने अतुलनीय मूल्य, वित्तीय लचकपना र विशेष लाभले अझै सहज बनाउनेछ,” साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने ।