
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले अमेरिकाले भारत र पाकिस्तानबीचको झडपलाई नजिकबाट नियालिरहेको बताएको छ ।
“अमेरिकी अधिकारीहरू दुवै पक्षसँग सम्पर्कमा छन् । दक्षिण एसियामा दीर्घकालीन शान्ति र क्षेत्रीय स्थिरता कायम राख्न र जिम्मेवार बन्न आग्रह गरिरहेको छ,” अमेरिकी विदेश मन्त्रालयले भनेको छ ।
यसअघि, बीबीसी संवाददाता टम बेटम्यानले पाकिस्तानमाथि भारतीय आक्रमणपछि अमेरिकाले संयम अपनाउन अपिल नगरेको बताएका थिए ।
यस्तै घटनाले अमेरिका र भारतबीचको सम्बन्ध बलियो भएको उनले बताएका थिए । पाकिस्तान तुलनात्मक रूपमा एक्लो रहेको उनको भनाइ थियो ।
गएराति अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ दोहोर्याएका थिए । उनले आक्रमण र दुई देशबीचको तनाव चाँडै समाप्त हुनेछ र शान्तिपूर्ण समाधानतर्फ काम गर्ने उनले बताएका थिए । बीबीसी