site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्थिक सुधारमा सरकारले ध्यान दिएन : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सांसद स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई लयमा ल्याउन सरकारले कुनै ध्यान नदिएको टिप्पणी गरेका छन् । मंगलबार (वैशाख २३) प्रतिनिधिसभा बैठकमा उनले ६ महिनाअघि नै तत्काल गर्नुपर्ने काम भनेर उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सुझाव दिँदा पनि कार्यान्वयन नभएको बताए ।

“अर्थतन्त्र तंग्र्याउने पनि आउट सोर्सिङ गरिएको छ । प्रतिवेदनमा एक्सन दिइएको छैन । आउट सोर्स गरिएको प्रतिवेदन ४/६ महिनाअगाडि तत्कालमा गर्नुपर्ने कुराहरू यी हुन् भनिएको छ,” उनले भने, “भुक्तानीका कुरा, अनिवार्य दायित्वका कुरा, उदारो असुली ऐन, जग्गा अधिग्रहन गर्ने ऐन तत्काल लिएर आउन भनिएको छ । यसरी ८/१० वटा बुँदा तत्काल गर्नुपर्ने भनेर सुझाव दिइएको थियो ।”

सरकारले १० महिनापछि पनि नीति तथा कार्यक्रममा यस्तै योजना पुनः राखेको उनले बताए । महत्त्वपूर्ण विषयभन्दा ‘रुटिन’जस्तो नीति तथा कार्यक्रम ल्याइएको उनको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro