site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मौसमविद्लाई प्रश्न– मनसुन सुरु नहुँदासम्म यस्तै हो मौसम ? 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आज बदली र वर्षा हुने सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित केही क्षेत्रमा वर्षा हुनेछ । काठमाडौंमा पनि वर्षाको सम्भावना छ ।

अझै केही दिन वर्षा अनुकूल मौसमी प्रणाली रहने मौसमविद् शान्ति कँडेल बताउँछिन् । “अझै केही दिन बदली हुने र वर्षा गराउने मौसमी प्रणाली रहने देखिन्छ,” उनले बाह्रखरीसँग भनिन् । 

“मनसुन सुरु हुँदासम्म निरन्तर वर्षा हुन्छ भनेर त भन्न सकिन्न, मनसुन कहिले सुरु हुन्छ भन्ने पनि अहिले थाहा हुँदैन,” मनसुन सुरु हुँदासम्म निरन्तर वर्षा हुने हो भन्ने प्रश्नको जवाफमा उनी भन्छिन्, “तर, मनसुन सुरु हुन पनि तयसका लागि अनुकूत वातावरण भने बन्दै जानुपर्छ ।” 

मनसुन प्रणाली सुरु हुन बन्ने प्रणाली यही प्रि–मनसुनमा नै बन्ने हो । नेपालमा मनसुन सुरु हुने औसत मिति जुन १३ हो । तर, यो भन्दा केही दिनअगाडि वा केही पछाडि पनि मनसुन भित्रिनसक्छ । 

औसत मितिमा मनसुन भित्रिए पनि अझै ३६ दिन बाँकी छ । 

यसैबीच, मौसमविद् कँडेलका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

“काठमाडौंमा पनि आज वर्षाको सम्भावना रहेको छ । बिहानैदेखि बादल लागे पनि बिहान वर्षा हुँदैन,” मौसमविद् कँडेल भन्छिन्, “दिउँसो १/२ बजेपछि भने हल्का वर्षा हुनेछ । काठमाडौंका धेरै स्थानमा वर्षा हुने सम्भावना छ ।” 

राति कोसी, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।  

बाँकी क्षेत्रमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

हिमाली भूभागका एकदुई स्थानमा स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना छ । “आज देशका सबै स्थानमा वर्षाको सम्भावना नरहे पनि सातवटै प्रदेशमा आइसोलेटेड वर्षा हुनेछ,” उनले भनिन् । 

हाल देशमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ०६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro