site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली राष्ट्रिय यु–१९ साफ पुरुष टिमको बिदाइ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय यु–१९ पुरुष फुटबल टोलीलाई बिदाइ गरेको छ । सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा एक कार्यक्रमका बीच एन्फाले टोलीलाई बिदाइ गरेको हो । 

भारतमा आगामी मे ८ देखि १९ सम्म आयोजना हुने साफ यू–१९ च्याम्पियनसिप २०२५ मा नेपालले पनि सहभागिता जनाएको छ । सोही प्रतियोगिताका लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठको नेतृत्वमा २३ सदस्यीय फुटबल टोलीलाई एन्फाले बिदाइ गरेको हो ।

उक्त टोलीमा सुवास बम कप्तान रहेका छन् । गोलकिपरमा भक्तबहादुर परियार, उपेन्द्र ल्वागुन र विशेष बानियाँ रहेका छन् । त्यसैगरी स्ट्राइकरमा विजय उर्न, प्रशुन तामाङ, सुजन डंगोल र कप्तान सुवास बम रहेका छन् । 

त्यसैगरी, डिफेन्डरमा मदन पौडेल, रोहन मोक्तान, रोशन तामाङ, सिद्धान्त खड्का, राम थापा, प्रशान्त मोक्तान, कुशासाङ नेम्वाङ रहेका छन् । 

त्यसैगरी मिडफिल्डरमा लच्चु थापा, पवन पाख्रिन, सरोज दर्लामी, कृष्ण थापा मगर, कृष्णबहादुर आले छन् भने विंगरमा धवेन्द्र कुँवर, विज्ञान खड्का, सबिनकुमार लुंगेली मगर र रञ्जीत तामाङ छन् ।

भारतको अरुणाचल प्रदेशको गोल्डेन जुब्ली रंगशालामा प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा भारत र श्रीलंकासँगै नेपाल समूह ‘बी’मा परेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro