site stats
बाह्रखरी :: Baahrakhari
खेल
अल–हिलालका प्रशिक्षक भन्छन्– सिटीविरुद्ध जित ‘माउन्ट एभरेस्ट’ अक्सिजनबिना चढेजस्तै

काठमाडौं । अल–हिलालका प्रशिक्षक सिमोन इन्जाघीले फिफा क्लब विश्वकपमा म्यानचेस्टर सिटीविरुद्ध जित निकाल्नु अक्सिनजनबिनै ‘माउन्ट एभरेस्ट’ चढ्नुजस्तो भएको बताएका छन् ।

साउदी प्रो लिगको क्लब अल–हिलालले मंगलबार बिहान भएको खेलमा युरोपियन जायन्ट सिटीविरुद्ध ४–३ को अप्रत्याशित जित निकालेको थियो । खेलको ११२औँ मिनेटमा मार्कोस लियान्ड्रोले निर्णायक गोल गरेपछि अल–हिलालले पेप ग्वार्डिओलाको टोलीलाई स्तब्ध बनाएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यस खेलको मुख्य आकर्षण खेलाडी र उनीहरुले आज देखाएको मिहिनेत हो । हामीले सिटीविरुद्ध खेल्दै थियौँ, यसैकारण हामीले आज केही असाधारण गर्नुपर्छ भन्ने बुझेका थियौँ । हामीले आज अक्सिजनबिनै माउन्ट एभरेस्ट चढ्नु थियो र चढ्यौँ पनि । सबै खेलाडीहरू सबै पक्षमा असाधारण रहे,” जितपछि इन्जाघीले भने ।

जितसँगै अल–हिलालले अब अन्तिम–४ मा प्रवेश लागि ब्राजिलियन टोली फ्लुमिनेन्सविरुछ प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्