site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा विमानस्थलमा 'अनियमितता'बारे आलेको प्रश्न– उल्टै भ्रष्टाचारीको पक्षपोषण गर्ने ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादीका) सांसद प्रेम आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे संसदीय उपसिमितको प्रतिवेदनमा उठाएको विषय सात दिनभित्र टुंगो लगाउन प्रस्ताव गरेका छन् ।

आइतबार सार्वजनिक लेखा समितिको बैठकमा पूर्वपर्यटनमन्त्रीसमेत रहेका आलेले उपसमितिले उठाएको आठ अर्बको सम्भावित भ्रष्टाचारबारे निष्कर्षमा पुग्नुपर्ने बताए ।

आले उपसमितिका सदस्य पनि हुन् । उनले कतिपयले भ्रष्टाचारीकै पक्षपोषण गरेको पनि आरोप लगाए । उनले विभिन्न शीर्षकमा भ्रष्टाचार भएको जिकिर गरे ।

"यत्रो नौ महिना अध्ययन गरेर तयार प्रतिवेदन पारिएको छ । उपसमितिले यत्रो अध्ययन गरेर प्रतिवेदन तयार पारेको छ, त्यसमा अध्ययन गर्नुको सट्टा उल्टो भ्रष्टाचारीको पक्षपोषण गर्ने ? चौध अर्बको आयोजनामा २२ अर्ब पुगेको छ । आठ अर्ब भ्रष्टाचार भएको हो कि होइन ? सात दिनभित्र टुंगो लगाऔँ," आलेले भने ।

राजेन्द्र लिङ्देन नेतृत्वको 'पोखरा विमानस्थल अध्ययन तथा अनुगमन गर्न गठित सार्वजनिक लेखा उपसमिति'ले वैशाख १५ गते लेखा समितिलाई अध्ययन प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा उपसमितिले विमानस्थल निर्माणको सुरुवातदेखि नै अनियमितता देखिएको निष्कर्ष निकालेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १४:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro