site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

धनगढी । नगरबासीबाट लाखौं रकम उठाएर जिल्ला प्रहरीसँग मिलेर सिसी क्यामेरा राख्ने अपरिपक्व निर्णय गरेको भन्दै व्यवसायीकै आलोचना खेपिरहेका कैलाली उद्योग वाणिज्य संघका पदाधिकारीहरुले बजारमा तिर्नुपर्ने रकमको चेक दिनुपर्ने पार्टीलाई थाहै नदिएर बुझ्ने गरेको खुलासा भएको छ । बजारमा तिर्नुपर्ने रकमको चेक लेखापालबाट आफूले बुझ्ने र त्यो रकम आफ्नो व्यापार व्यवसायमा लगानी गरेर तिर्नुपर्ने व्यक्तिलाई झुलाउने गरेको खुलासा भएको हो । 

०७१ सालको १ लाख ८० हजार र त्यसपछिको महोत्सवमा टेन्टबापतको ४२ हजार गरी २ लाख २२ हजार रकम कैलाली उद्योग वाणिज्य संघका महासचिव रुपेश स्वाँरले बुझेर लगेको र आफूलाई अहिलेसम्म नदिएको भन्दै रुक्मणी टेन्ट हाउसका सञ्चालक सुरेश शाहले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका छन् ।

०७१ सालमा अहिलेका अध्यक्ष शंकर बोगटी कोषाध्यक्ष रहेका बेला १ लाख ८० हजार रकम नपाएको र त्यसपछि उनी अध्यक्ष भएकै पालामा पनि आफ्नो ४२ हजार रकम कैलाली उद्योग वाणिज्य संघबाट लिनुपर्ने बक्यौता रहेको शाहले बताए । 

त्यो रकम वर्तमान महासचिव स्वाँरले गएको वैशाखमै निकालेर लगिसकेको थाहा पाएकाले सो रकम असुल गरिदिन माग गर्दै शाहले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका हुन् । उक्त रकमको सुरेश शाहको नाममा रहेको चेक स्वाँरले लगेको उद्योग वाणिज्य संघ लेखा शाखाले जनाएको छ ।

यसपालिको महोत्सवमा पनि ९ वटा स्वागतद्वार बनाएबापतको ६३ हजार र टेन्टको ३०  हजार टेन्डर धरौटी रकमको गरी रुक्मणी टेन्ट हाउसको नाममा काटिएको ९३ हजारको चेक पनि कोषाध्यक्ष पुष्प कुँवरले बुझेको भन्दै सञ्चालक शाहले जिप्रकामा उजुरी हालेका छन् । आफ्नो रकम पटक पटक माग्न जाँदा दुवैजनाले उल्टै दुव्र्यवहार र हातपात गरेको पनि उजुरीमा उल्लेख छ । 

कैलाली उद्योग वाणिज्य संघका कोषाध्यक्ष कुँवरले पनि उक्त रकमको चेक शाहबाट रकम लिनुपर्ने भएकाले आफूले बुझेको बताए । गत वर्षको महोत्सवमा आफूले शाहलाई १ लाख ५० हजार बराबरको बाँस बिक्री गरेको र त्यसबापतको रकम लिनुपर्ने भएकाले आफूले ९३ हजारको चेक भने उद्योग वाणिज्य संघबाट सिधै लिएको कुँवरले स्वीकार गरे ।

शाहले भने आफूले बाँसको ४३ हजार रकम तिर्नुपर्ने, त्यो रकममा पनि पुष्प कुँवरको होटल फ्लोराको उद्घाटनका दिन टेन्ट र लाइटको काम गरेकाले त्यो रकम कट्टा भइसकेको दाबी गरे । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १९, २०७४  ११:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro