site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
व्यवसाय गर्ने वातावरण सहज बनाउने मन्त्री पौडेलको प्रतिबद्धता 
Tiktok banner adTiktok banner ad

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका छन् । 

शनिबार काठमाडौंमा ढुवानी व्यवसायी महासंघको १६ औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री पौडेलले हरेकलाई सम्मानका साथ आफ्नो व्यवसाय अघि बढाउने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका हुन् । 

उनले देशभित्र उत्पादन बढाउने, राज्यलाई कर तिर्ने र सम्मानित नागरिकका रूपमा समाजमा प्रस्तुत हुने अवस्था सिर्जना हुँदै गएको बताए ।

उनले  ढुवानी व्यवस्था प्रभावकारी हुन नसके वितरण प्रणालीमा नै असर पर्ने भन्दै यसलाई प्रभावकारी बनाएर समृद्धिको यात्रामा अघि बढ्न सकिनेमा बताए । 

मन्त्री पौडेलले बजेट निर्माणमा सबैको सुझावलाई महत्वका साथ आफूले हेरेको बताए ।   

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro