site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोशीमा भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा के छ अवस्था ?

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार बंगालको खाडीबाट भित्रिइरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागले बुलेटिनमार्फत जानकारी दिएको छ । साथै कोसी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोसी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सोमबार राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोसी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro