site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आज शुक्रबारको जस्तै गर्मी हुने, भोलिबाट वर्षा गराउने प्रणाली विकास हुँदै 

काठमाडौं । देशका केही भूभागमा आज उच्च तापक्रमको सम्भावना रहेको छ । केही स्थानमा भने वर्षाको सम्भावना पनि छ । 

तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहँदा पहाडी भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । 

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको उनको भनाइ छ । सोही प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । 

आज वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी रहने  पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा हावाको तातो लहरको सम्भावना रहेको छ । यी स्थानमा तापक्रम बढेर ३९ देखि ४० डिग्रीको आसपास पुगिसकेको छ । 

शुक्रबार वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । धेरै स्थानमा ३९ डिग्री सेल्सियस वा सोभन्दा बढी अधिकतम तापक्रम मापन गरिएको थियो । 

“आज पनि हिजोको जस्तै तापक्रम रहनेछ । हिजोभन्दा तापक्रममा आज धेरै तलमाथि हुने देखिँदैन,” मौसमविद् कँडेलले बाह्रखरीसँग भनिन् । 

भोलि (आइतबार)बाट भने तापक्रम केही घट्ने उनको भनाइ छ । “भोलिबाट भने अहिले मापन भइरहेको अधिकतम तापक्रम केही घट्नेछ,” उनी भन्छिन्, “धेरै त होइन तर थोरै भए पनि तापक्रम घट्नेछ ।” 

भोलिबाट विस्तारै पूर्वबाट सामान्य वर्षा सुरु हुने उनले जानकारी दिइन् । कोसी प्रदेशबाट वर्षा गराउने प्रणाली विकास हुने उनले बताइन् । 

“वर्षा भन्नाले यसअघि भएजस्तो देशैभर वर्षा हुने होइन कोसी प्रदेशबाट सुरु भएर विस्तारै पश्चिमतर्फ सर्दै आउँछ,” उनले प्रष्ट पारिन् । 

स्थानीय र पश्चिमी वायु थप सक्रिय हुने र वंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आउँदा हल्का वर्षा हुने उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  ०७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro