site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस नेताको टिप्पणीप्रति विष्टको प्रश्न : सत्तापक्षमा कि विपक्षमा हुनुहुन्छ ? 

काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले सरकार ढल्न लागेको भन्ने कुरमा सत्यता नभएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले सरकार गयो भन्दै अस्थिरता पैदा गर्ने प्रयत्न भएको बताए । 

उनले नेपाली कांग्रेस र एमालेबीचको सातबुँदे सहमतिअनुसार अघि बढ्ने बताए । उनले कहीँ असहमति भए राजनीतिक संयन्त्रमार्फत समाधान गरिनुपर्ने समेत उनले बताए । उनले नेपाली कांग्रेसका नेताहरूले सरकारबारे दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै सत्तामा कि प्रतिपक्षमा भन्ने चिन्न पनि गाह्रो हुने गरेको टिप्पणी गरे । 

“कहिलेकाहीँ त यस्तो लाग्ने गर्छ । सत्तामा रहेका साथीहरू पनि सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा ? कहिलेकाहीँ चिन्न पनि गाह्रो हुने अवस्था हुन्छ । यसबाट माथि उठौँ,” उनले भने ।

एमालेका सचिवसमेत रहेका विष्टले सरकार कति समय रहन्छ भन्ने कुरा महत्त्वपूर्ण नभएको समेत बताए । “सरकार गयो–गयो, सरकार रह्यो, रह्यो यो प्रकारको विवादतिर नलागेर सरकार जति दिन रहन्छ । कति दिन रहन्छ वा एक घन्टा रहन्छ यो महत्त्वपूर्ण होइन,” उनी भन्छन् । 

सरकार जति दिन रहे पनि जनताको हितामा काम गर्ने कुरा महत्त्वपूर्ण रहेको उनको भनाइ छ । सरकारले राष्ट्रहितलाई केन्द्रमा राखेर काम गर्ने र परिणाम दिने उनको दाबी छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro