site stats
बाह्रखरी :: Baahrakhari
खेल
रोमाञ्चक जितसँगै तेस्रो स्थानमा उक्लियो बेंगलुरु

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुले राजस्थान रोयल्सविरुद्ध ११ रनको रोमाञ्चक जित निकालेको छ । 

बिहीबार राति एम चिन्नास्वामी क्रिकेट मैदानमा सम्पन्न खेलमा घरेलु टोली बेंगलुरुले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले २० ओभर नै ब्याटिङ गर्दै नौ विकेट गुमाएर १९४ रनमात्र बनाउन सक्यो ।  

Argakhachi Cement Island Ad

राजस्थानका यशस्वी जैसवालले ४९ रन बनाए । ध्रुव जुरेलले ४७, नितिश रानाले २८ र कप्तान रियान परागले २२ रन थपे । वैभव सूर्यवंशीले १६, शुभम दुबेले १२ र सिम्रन हेटमायरले ११ रन जोडे ।

बेंगलुरुका जोश हेजलउडले चार विकेट लिए । कुर्णाल पाण्डेयाले दुई विकेट लिँदा भुवनेश्वर कुमार र यस दयालले समान एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०५ रनको योगफल खडा गरेको थियो ।

बेंगलुरुका विराट कोहलीले ४२ बलमा आठ चौका र दुई छक्कासहित ७० रन बनाए । यसैगरी, देवदत्त पडिकलले २७ बलमा चार चौका र तीन छक्कासहित ५० रन थपे । फिल साल्टले २६, टिम डेविडले २३ र जितेश शर्माले अविजित १९ रन बनाए ।

राजस्थानका लागि सन्दीप शर्माले दुई विकेट लिए । वनिन्दु हसरंगा र जोफ्रा आर्चरले समान एक विकेट लिए ।

प्रतियोगितामा बेंगलुरुको यो छैटौँ जित हो । जितसँगै नौ खेलमा १२ अंक जोडेको बेंगलुरु तेस्रो स्थानमा छ । पराजित राजस्थान समान खेलबाट चार अंकसहित आठौँ स्थानमा छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्