
विराटनगर । चर्को गर्मीबीच आज (बिहीबार) बिहान विराटनगरमा हुस्सु लागेको छ । पुस र माघ महिनाको शीतलहरको झल्को दिनेगरी लागेको हुस्सुका कारण बिहान केही चिसो महसुस गरिएको थियो ।
सामान्यतः चैत–वैशाखमा विराटनगरमा गर्मी हुन्छ । तातो हावा चल्छ । तर, आज बिहानै हुस्सु लागेको छ ।
मौसमविद्का अनुसार आज बिहान विराटनगरमा दुई मिटर भिजिबिलिटी रहेको थियो । “अहिलेको समयमा यो भिजिविलिटी भनेको निकै कम हो,” मौसमविद् रोजन लामिछानेले बाह्रखरीसँग भने ।
आज बिहान झापाको चन्द्रगढीमा पाँच किलोमिटर भिजिबिलिटी रहेको थियो ।
“नजिकै रहेको चन्द्रगढीमा भिजिबिलिटी सामान्य रहेको छ । त्यसैले विराटनगरमा हुस्सु लाग्नुको कारण स्थानीय वायु सक्रिय भएर हो,” मौसमविद् लामिछानेले भने, “केही समयपछि हुस्सु हट्ने देखिन्छ ।”