site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मुम्बई र दिल्ली विमानस्थलमा उड्ने विमानले दोहोर्‍याए सुरक्षा कमजोरी !

काठमाडौं । भारतको उड्डयन नियामक निकायले मुम्बई र दिल्ली विमानस्थलमा उड्ने विमानले धेरैपटक कमजोरी दोहोर्‍याइएको पाइएको बताएको छ । यी दुवै विमानस्थल देशकै व्यस्त मानिन्छन् ।

यय महिनाको सुरुमा २७१ जनाको ज्यान जाने गरी भएको एयर इन्डिया दुर्घटनापछि भारतको नागरिक उड्डयन महानिर्देशनालयले विमानको सुरक्षा विृद्धि गर्न गरिएको विशेष लेखापरीक्षणको एक भागका रूपमा पछिल्लो निष्कर्ष निकालिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नियामक निकायले कमजोरी फेला परेका एयरलाइन्सको नाम वा कमजोरीबारे कुनै पनि विवरण नखुलाएको रोयटर्सले जनाएको छ ।

विश्वको तेस्रो ठूलो उड्डयन मार्केटको रूपमा रहेका यी दुई विमानस्थलबाट इन्डिगो, एयर इन्डिया र एयर इन्डिया एक्सप्रेसजस्ता प्रमुख भारतीय एयरलाइन्सले‍ सेवा दिन्छन् । साथै, धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि यी विमानस्थलबाट सेवा दिने गरेका छन् ।

सरकारी निकायले विमान मर्मत इन्जिनियरले तोकिएको सुरक्षा सावधानी नअपनाएको, केही ठाउँमा कमजोरीलाई सम्बोधन नगरेको र जेट मर्मतमा कार्य आदेश पालना नगरेको जस्ता अन्य उल्लंघन पनि फेला पारेको जनाएको छ ।

रोयटर्सबाट ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्