-1744105267.jpg)
काठमाडौं । काठमाडौं उपत्यकाको सवारी आवागमन व्यवस्थित गर्न सवारी डाइभर्सन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आवश्यकता अनुसार सवारी डाइभर्सन गरिने बताएकाे छ ।
“माइतीघर मण्डलमा शिक्षकहरू जम्मा हुन थालेका छन् । त्यतातिर सवारी आवागमन सुरू हुन थालिसकेको छ,” काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले भने, “राप्रपाको प्रदर्शन कतिबेला कुनकुन ठाउँबाट निस्किन्छ थाहा छैन । आवश्यकता अनुसार सवारी डाइभर्सन हुन्छ ।”
कार्यालय समयमै सवारी आवागमन असहज हुँदै गएकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रवक्ता गिरीले आग्रह गरे ।
माइतीघर मण्डल र बानेश्वरलाई केन्द्र बनाए आन्दोलन गर्दै आएका शिक्षकहरूको आन्दोलन आजबाट बिहान ९ बजेदेखि हुने भएको छ । कार्यालय समयमा हुने आन्दोलनले ट्राफिक व्यवस्थापन थप चुनौतीपूर्ण हुने भएको छ ।