site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खप्तड गोल्डकपको तयारी अन्तिम चरणमा, कृत्रिम प्याराफिट बन्दै

धनगढी  । धनगढीमा आयोजना हुने नेपालआईस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको  तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबारबाट सुरु हुने मोफसलकै सर्वाधिक धनराशि पुरस्कार भएको गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

आयोजक सुदूरपश्चिम—११ स्पोर्ट्स क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको लागि खेल मैदान सम्याउने, अतिरिक्त प्यारापिट निर्माण, टिकट व्यवस्थापन, खेलाडीलगायतको बसोबासको व्यवस्थापनका काम सकिने चरणमा पुगेको जानकारी दिए । 

अध्यक्ष हमालले झण्डै एक महिनादेखि तयारीमा जुटेको आयोजक टोलीले विभिन्न समितिहरु बनाएर काम गरिरहेको र प्रतियोगिताको लागि सबै कार्य अन्तिम चरणमा पुगेको बताए । धनगढीस्थित क्षेत्रीय खेलकुद रंगशालामा पुस २१ देखि सुरु भई माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको लागि आयोजकले रोलिङ गरेर मैदान सम्याएको छ । मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रुपमा खेल खेलाउनका लागि तयार पारिएको मैदान व्यवस्थापन समितिका संयोजक चक्र मल्लले जानकारी दिए  ।

झण्डै ३ हजार ५ सय दर्शक क्षमताका दुई वटा प्याराफिट रहेको अवस्थामा फुटवलमा पहिलो पटक कृत्रिम प्याराफिट निर्माण गरिँदैछ । झण्डै १५ सय दर्शक क्षमताको कृत्रिम प्याराफिट निर्माण भइरहेको छ । प्रतियोगिताका लागि धनगढीकै स्किल नेपाल नामक कम्पनीले कृत्रिम प्याराफिट बनाइरहेको सुदूरपश्चिम ११ स्पोर्टस क्लबका उपाध्यक्ष योगेन्द्र चन्दले बताए ।

प्रतियोगितामा नेपालका चर्चित ए डिभिजन क्लबहरु मनाङ मस्र्याङ्दी, सिएमजी संकटा, त्रिभुवन आर्मी, झापा ११, साहारा क्लब पोखरा, अग्नी रुपन्देही ११, सुदूरपश्चिम ११, धरान फुटबल क्लब, एपिएफ क्लब, च्यासल युथ क्लब र थ्री स्टर क्लबले प्रतिस्पर्धा गर्दैछन् । यस्तै, भुटानको डुक स्टार क्लबले समेत प्रतियोगितामा सहभागिता जनाएको छ ।

आयोजकले सहभागी १२ टोलीहरुलाई दुई समूहमा विभाजन गरेर खेल तालिका सार्वजनिक गरिसकेको छ  । प्रतियोगिताको उद्घाटन खेल आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लब र काठमाडौंको च्यासल युथ क्लवका बीचमा हुनेछ  ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ र उपविजेताले पाँच लाख ५५हजार ५५५ नगद पुरस्कार पाउने छन् । त्यस्तै विभिन्न विधाका उत्कृष्ट हुनेले १५–१५ हजार र उत्कृष्ट एक खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १०–१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।

सिजी ग्रुपको नेपाल आईस ब्राण्डको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा टिकट काटेर खेल हेर्न जाने दर्शकहरुलाई प्रत्येक दिन गोलाप्रथाद्वारा मोवाइल प्रदान गरिने छ । प्रतियोगिताको सहप्रायोजकमा नेपाल टेलिकम रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, पुस १७, २०७४  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro