site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
देशभरका स्थानीय तहलाई शैक्षिक सत्र र भर्नाबारे सातबुँदे परिपत्र

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका स्थानीय तह तथा ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई सातबुँदे परिपत्र कार्यान्वयनका लागि आग्रह गरेको छ ।

शिक्षा नियमावली, २०५९ (संशोधनसहित)को नियम ८४ को उपनियम (४) मा रहेको 'कसैले पनि शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना गर्न गराउन हुँदैन' भन्ने व्यवस्थालाई सम्पूर्ण विद्यालयहरूमा कडाइका साथ कार्यान्वयन गर्न गराउन केन्द्रले अनुरोध गरेको छ ।

त्यस्तै, 'एक शैक्षिक सत्रमा काम गर्ने दिन कम्तीमा दुई सय बीस दिन हुनेछ' भन्ने प्रावधान कार्यान्वयनको सुनिश्चित गराउन समेत भनिएको छ ।

विद्यालयको सेवा क्षेत्रभित्र बसोबास गर्ने विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्चित हुने गरी 'सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता' भन्ने आदर्श वाक्यसहित अभिभावक समेतको सहभागितामा शैक्षिक सत्र २०८२ को भर्ना अभियान सञ्चालन गर्न गराउन केन्द्रले अनुरोध गरेको छ ।

त्यस्तै, निःशुल्क पाठ्यपुस्तक, छात्रवृति तथा शुल्क निर्धारण तथा विद्यालय अनुमति, समायोजन, दरबन्दी लगायतका विषयमा पनि कार्यान्वयन गर्न अनुरोध गरेको छ ।   

 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  २१:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro