site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माण्डु हाइड्रोपावरको क्षमता बढेर ३२ मेगावाट पुग्यो, चाँडै सञ्चालनमा ल्याउने तयारी
Tiktok banner adTiktok banner ad

काठमाडौं । गत वर्षको असोज ११ र १२ गतेको भीषण बाढीले क्षतिग्रस्त वाग्मती साना जलविद्युत् आयोजनाको पुनर्निमाण भइरहेको छ । आयोजनाको जडित क्षमता बढाएर ३२ मेगावाट पुर्‍याइएको छ । क्षति हुनुअघि आयोजनाको जडित क्षमता २२ मेगावाट थियो । पुनर्निमाणका क्रममा आयोजनाको क्षमता १० मेगावाट पुगेको माण्डु हाइड्रोपावर लिमिटेडले जनाएको छ ।

आयोजनाबाट थप विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) र नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भएको विकासकर्ता कम्पनी माण्डु हाइड्रोपावरले जनाएको छ ।

अविरल वर्षाले वाग्मतीमा गएको भीषण बाढीले माण्डु हाइड्रोपावरले सञ्चालन गरिरहेको २२ मेगावाटको वाग्मती साना जलविद्युत् आयोजना बन्द छ । क्षतिग्रस्त आयोजना पुनर्निमाण गरी चाँडै सञ्चालनमा ल्याउने कम्पनीले जनाएको छ । 

Mandu-1744779535.png
 

अविरल वर्षाले आयोजनाको विद्युत्‌गृह र हेडवर्क्सलगायत अन्य संरचनामा ठूलो क्षति पुगेपछि बिजुली उत्पादन बन्द भएको छ ।

आयोजना बाढीले क्षतिग्रस्त हुनुअघि माण्डु हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । कम्पनीले चुक्ता पुँजीको १२ प्रतिशत अर्थात् १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ नगद लाभांश दिन प्रस्ताव गरेको थियो । माण्डुको चुक्ता पुँजी एक अर्ब ३६ करोड ३६ लाख रुपैयाँ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro