site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकैदिन २७ सय रुपैयाँले बढेर सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । वर्ष २०८२ को दोस्रो कारोबार दिन सुनको मूल्य एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको छ ।

आज यसअघि चैत ३१ गतेको एक लाख ८६ हजार रुपैयाँको उच्च मूल्यको रेकर्ड तोडिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज एकैदिन सुनको मूल्य २७ सय रुपैयाँले बढेको हो । मंगलबार सुन प्रतितोला एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १०:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro