site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आल्भारेजप्रेरित एट्लेटिकोको पुनरागमन जित 

काठमाडौं । जुलियन अल्भारेजप्रेरित एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा रियाल भालाडोलिडविरुद्ध ४–२ को पुनरागमन जित निकालेको छ ।

सोमबार घरेलु मैदानमा एट्लेटिकोलाई जित दिलाउन अल्भारेजले दुई गोल गरे । जिउलिआनो सिमोन र एलेक्जान्डर सार्लाेथले समान एक गोल गरे । पाहुना टिमका मामाडोउ सेला र जाभी सान्चेजले समान एक गोल गरेका थिए ।

खेलको २१औँ मिनेटमै मामाडोउले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए । भालाडोलिडको यो अग्रता लामो समय भने टिकेन । त्यसको चार मिनेटपछि नै पाएको पेनाल्टी सदुपयोग गर्दै अर्जेन्टिनी स्टार अल्भारेजले बराबरी गोल गरे ।

सिमोनले २७औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । ५६औँ मिनेटमा सान्चेजले गोल गर्दै भालाडोलिडलाई पुनः खेलमा फर्काए ।

अर्को पेनाल्टीलाई सदुपयोग गर्दै ७२औँ मिनेटमा अल्भारेजले टोलीको अग्रता ३–२ को बनाए । एलेक्जान्डरले ७९औँ मिनेटमा गोल गर्दै टोलीलाई सहज जित दिलाएका हुन् ।

जितसँगै तेस्रो स्थानमा पकड जमाएको एट्लेटिकोले युरोपियन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ । ३१ खेलबाट टोलीको ६३ अंक छ । हारले भने भालाडोलिडको रेलिगेसन डर झनै बढाएको छ । टोली समान खेलबाट १६ अंकसहित पुछारमा छ । ला लिगमा समान ७० अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०९:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro