
काठमाडौं । देशका केही स्थानमा ‘धेरै भारी’ वर्षा भएको छ । पछिल्लो २४ घण्टामा कञ्चनपुर, कैलाली, दाङ, प्युठान, अर्घाखाँची र सिन्धुपाल्चोकमा धेरै भारी पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, केही जिल्लामा भारी वर्षा भएको छ । मधेसबाहेक सबै प्रदेशका विभिन्न जिल्लामा भारी पानी परेको महाशाखाले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।
मौसमविद्ले सोमबार (असार १६) बिहानसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा धेरै भारी वर्षाको सम्भावना औँल्याएका छन् ।
- काठमाडौंसहित यी जिल्लामा आज बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
- कैलालीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
- अर्घाखाँचीमा ‘मध्यम’ वर्षा, दाङसम्म बाढीको जोखिम
- काठमाडौंमा दिनभर बदली, ‘मध्यम’सम्म वर्षा हुने
- देशभर बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना
- कञ्चनपुरमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
- मौसमविद्को सुझाव– आइतबार बेलुका र सोमबार सकभर यात्रा नगर्नुहोला
- यी १२ जिल्लामा ‘धेरै भारी’ वर्षाको चेतावनी
- म्याग्दी खोला सतर्कता तह पार, सिन्धुपाल्चोक र कैलालीमा ‘मध्यम’ वर्षा
वर्षाको विवरण हेर्नोस्–