
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्य र नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरूणा शाही सम्मानित भएका छन् ।
शरदचन्द्र शाह स्मृति फाउन्डेसनले शुक्रबार एक कार्यक्रम आयोजनामा गर्दै पूर्वफुटबलर शाक्य र नेपाली महिला टोलीकी कप्तान अरूणा शाहीलाई सम्मान गरेको हो । फाउन्डेसनले दुवैजनालाई एससीएसएमएफ स्पोट्र्स अवार्ड २०२५ र नगद दुई लाख ५० हजार रूपैयाँ प्रदान गरेको छ । फाउन्डेसनकी अध्यक्ष रेणु शाहले अवार्ड र नगद पुरस्कार प्रदान गर्दै उनीहरूलाई सम्मान गरेकी हुन् ।
शरदचन्द्र शाह नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्मा ११ वर्षसम्म सदस्यसचिव भएर काम गरेका थिए । उनी नेपाली खेलकुदकै सफल सदस्यसचिवका रूपमा चिनिन्छन् ।