site stats
बाह्रखरी :: Baahrakhari
खेल
फिफा क्लब विश्वकप : क्वार्टरफाइनलमा चेल्सीले पाल्मेरसविरुद्ध खेल्ने

काठमाडौं । फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा इंग्लिस क्लब चेल्सीले ब्राजिलियन टोली पाल्मेरसविरुद्ध खेल्ने भएको छ ।

प्रतियोगिताअन्तर्गत शनिबार राति र आइतबार बिहान भएको आआफ्नो खेलमा जित निकालेसँगै यी दुई टिमले अन्तिम ८ मा भेट पक्का गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शनिबार राति भएको खेलमा पाल्मेरसले आफ्नै देशको अर्को टोली बोटाफोगाविरुद्ध १–० को जित निकाल्यो । लिंकन फाइनान्सियल मैदानमा सम्पन्न खेलमा पाल्मेरसलाई जित दिलाउन पाउलिन्होले निर्णायक गोल गरे । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिए पनि पाउलिन्होले १००औँ मिनेटमा गोल गर्दै पाल्मेरसलाई अग्रतामा राखेका थिए । 

११६औँ मिनेटमा गुस्टाभो गोमेजले रातो कार्डको दर्शन गर्दै मैदान छोडेपछि पाल्मेरसले १० खेलाडीमा खेलको अन्त्य गरेको थियो । 

यता, आइतबार बिहान भएको खेलमा चेल्सीले पोर्चुगलको क्लब बेन्फिकाविरुद्ध ४–१ को सहज जित निकाल्यो । बैंक अफ अमेरिका रंगशालामा सम्पन्न खेलमा रिसे जेम्स, क्रिस्टोफर एन्कुकु, पेड्रो नेटो र किएरनान डेसबरी हलले गोल गरे । 

अब प्रतियोगिताका क्वार्टरफाइनलमा आगामी शनिबार चेल्सीले पाल्मेरसविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्