site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पियोर इनर्जीको आईपीओमा आजदेखि आवेदन खुला

काठमाडौं । पियोर इनर्जी लिमिटेडले बिहीबार (चैत २८ गते)देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै छ । कम्पनीले निष्कासन गरेको आईपीओमा सर्वसाधारणले बिहीबार बैंकिङ समय (१० बजे)देखि आवेदन दिन सकिनेछ । सर्वसाधारणका लागि कम्पनीले ११ लाख ९५ हजार २०० कित्ता आईपीओ निष्कासनमा ल्याउन ल्याएको हो ।

कम्पनीको आईपीओमा २०८२ वैशाख २ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा वैशाख ११ गतेसम्म आईपीओमा आवेदन अवधि थप गरिनेछ ।

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ०६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro