site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंकबीच विशेष छुटसम्बन्धी सम्झौता
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–३१, बेगनासतालमा रहेको होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक लिमिटेडबीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौताले प्रभु बैंकका ग्राहकहरूले खाना र पेय पदार्थमा १० प्रतिशत, आवास सुविधामा १५ प्रतिशत छुट पाउने भएका छन । सो छुट सेवा सुविधा होटेल हिमालय सेरेन भ्युमा प्राप्त गर्न सकिनेछ । 

उक्त सम्झौता­–पत्रमा होटेल हिमालय सेरेन भ्युका तर्फबाट प्रोप्राइटर अनिल ढकाल तथा प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरे ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १९:३२
प्रतिक्रिया दिनुहोस्