अर्थ व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा अवधिमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ९.४ प्रतिशत बढेको छ । गत फागुनसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशत बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशत वृद्धि भइ सात अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशत बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या तीन लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१ १७:२२
प्रतिक्रिया दिनुहोस्