site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेशमा भारी वर्षाको सम्भावना 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । 

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

“कोसी प्रदेशको केही स्थानमा भारी वर्षाको पनि सम्भावना छ,” विभागले भनेको छ, “उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना छ ।”

विभागका अनुसार राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

कोसी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशलगायत वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

“कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ,” विभागले भनेको छ । 

हाल देशमा मूख्यतया स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको विभागले बताएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ०७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro