site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२२ लाख बालबालिकालाई खुवाइँदै भिटामिन ‘ए’ 
फाइल तस्बिर ।

काठमाडौं । आउँदो शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त दिन भिटामिन ‘ए’ खुवाउन लागेको हो ।

स्वास्थ्य सेवा विभागका अनुसार, राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ ।

सोही दिन एकदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । बालबालिकालाई बालभिटा खुवाइनेछ । सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिनेछ ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ ।

सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका निम्ति ०५० सालमा आठ जिल्लाबाट सुरु गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम ०५९ देखि देशभरि लागु गरिएको हो । ०५६ देखि १३ जिल्लाबाट सुरु जुकाको औषधि खुवाउने कार्यक्रम ०६७ देखि देशभर लागु गरिएको छ । ०६४ देखि बालभिटा खुवाइने गरेको छ ।

सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिकमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने व्यवस्था गर्दै आएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  ११:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro