site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलले दुई ब्रिटिस सांसदलाई देश प्रवेश गर्नबाट रोकेर फिर्ता पठायो

काठमाडौं । इजरायलले ब्रिटिस इजरायल भ्रमणमा रहेका दुई ब्रिटिस सांसदलाई हिरासतमा लिएर स्वदेश फिर्ता पठाएको बीबीसीले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै ब्रिटिस विदेशमन्त्री डेभिड लामीले जनाए अनुसार, लेबर पार्टीका सांसद युआन याङ र अब्तिसाम मोहम्मदलाई शनिबार (अप्रिल ५) प्रवेश दिन अस्वीकार गरी फिर्ता पठाइएको हो ।

इजरायली शरणार्थीसम्बन्धी मन्त्रालयले ती सांसदहरूले सुरक्षा निकायहरूको गतिविधिहरू रेकर्ड गर्ने र इजरायल–विरोधी घृणा फैलाउने योजना बनाएको आरोप लगाएको स्काई न्यूजले उल्लेख गरेको छ ।

यसैबीच ब्रिटिस विदेशमन्त्री लामीले इजरायलको यो कदम अस्वीकार्य र गम्भीर चिन्ताको विषय भएको बताएका छन् । उनले ब्रिटिस सांसदहरूसँग इजरायलले गरेको व्यवहार गर्नु उचित नभएको भन्दै उनले दुवै सांसदहरूसँग सम्पर्क गरी उनीहरूप्रति सहानुभूति प्रकट गरेको बताए ।

“ब्रिटेन सरकारको प्राथमिकता युद्धविराम कायम गर्ने, वार्तामार्फत समस्या समाधान गर्ने, रक्तपात रोक्ने, बन्धकहरू छुटाउने र गाजामा संघर्ष अन्त्य गर्ने नै हो,” उनले जोड दिँदै भने ।

 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  २०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro