site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेकै सांसदले भने– मन्त्रीको ‘निकम्मापन’ले डेलेभरी सरकारले दिन सकेन

काठमाडौं । नेकपा (एमाले)का सांसद प्रभु हजाराले प्रधानमन्त्री अहोरात्र खटे पनि मन्त्रीहरूको निकम्मापनले डेलेभरी दिन नसकेको टिप्पणी गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा प्रिबजेटमाथिको छलफलमा उनले आगामी बजेटका लागि अर्थमन्त्री पनि खटिरहेको बताए ।

“प्रधानमन्त्री अहोरात्र खट्नुभएको छ । आउँदो बजेट निर्माणका लागि अर्थमन्त्रीजी खट्नुभएको छ । देश अहिले जुन अवस्थामा छ । मन्त्रीले जसरी मन्त्रालयत काम गर्नुपर्थ्यो,” उनले भने, “प्रधानमन्त्री खटे पनि मन्त्रीहरूको निकम्मापनले गर्दा जनतामा जुन डेलेभरी दिनसक्नुपर्थ्यो, त्यो डेलेभरी हुन सकेको छैन ।” 

Argakhachi Cement Island Ad

उनले सिंहदरबारमै बन्न लागेको संसद् भवन समयमा बन्न नसक्नुले धज्जी उडेकोसमेत बताए । उनले कांग्रेस र एमालेको बलियो सरकार भएका बेला नियुक्ति ढिला हुन राम्रो नभएको बताए ।

“खाली रहेका नियुक्ति यथाशीघ्र गर्नुपर्छ,” उनले भने ।

उनले आगामी बजेट जनमुखी ल्याउन पनि आग्रह गरे । “आउने बजेट जनतामुखी होस् । विगतमा पनि अर्थमन्त्रीले राम्रो बजेट ल्याउनुभएको छ,” उनले भने, “ बजेट मन्त्रीहरुको आफ्नै क्षेत्रमा प्राथमिकता दिएर लैजाने कुरा छ । त्यसमा कटौती गर्न आग्रह गर्दछु ।”

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्