site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बस्नेतको निलम्बनको जानकारी सदनलाई गराइयो

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको निलम्बनको जानकारी सदनलाई गराइएको छ । सभामुख देवराज घिमिरेले स्वतः निलम्बन भएको भनि जानकारी अख्तियार अनुसन्धान आयोगबाट आएको पत्रबारे जानकारी गराएका हुन् । 

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बस्नेतसहित १५ नेपाली, एक विदेशी र दुई कम्पनीविरुद्ध टेरामक्स खरिद प्रकरणमा तीन अर्ब बढी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । बिहीबार मुद्दा दायर भएसँगै उनको पद स्वतः निलम्बनमा परेको हो ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १८:३०
प्रतिक्रिया दिनुहोस्