site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गुणराजले अस्ट्रेलियाको लिजेन्ड्स एकेडेमीमा प्रशिक्षण दिने

काठमाडौं । नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले अस्ट्रेलियाको पर्थस्थित लिजेन्ड्स एकेडेमीमा प्रशिक्षणको अवसर पाएका छन् । त्यसका लागि उनी मंगलबार अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

“खेलाडीका रूपमा मैले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेँ । पदक पनि जितेँ । अब प्रशिक्षकका रूपमा नयाँ अध्याय सुरु गर्दै छु । त्यो पनि विदेशी भूमिमा । मलाई यो अवसर प्रदान गर्नु भएकोमा एकेडेमीका प्रबन्ध निर्देशक डेनियल डसनलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु,” अस्ट्रेलिया उड्नुअघि गुणराजले भने, “उहाँ (डेनियल) चारपटकका मुवाँथाई च्याम्पियन, तीनपटकका किक बक्सिङ च्याम्पियन र एकपटकका बक्सिङ च्याम्पियन हुनुहुन्छ । उहाँजस्तो मार्सल आट्र्स क्षेत्रका दिग्गज व्यक्तित्वसँग काम गर्ने अवसर पाएकोमा भाग्यमानी ठानेको छु ।”

गत भदौमा पनि गुणराज केही समय लिजेन्ड्स एकेडेमीसँग जोडिएका थिए । त्यसबेला उनले लिजेन्ड्समै विशेष प्रशिक्षण लिएका थिए । गुणराजले करिब १२ वर्ष ६ महिना अवधि सेनामा रहेर हालै उपदानमा राजीनामा दिएका थिए ।

करिब एक दशकको मुवाँथाई यात्रामा ३२ वर्षीय गुणराजको मुख्य उपलब्धि भनेको एक वर्षअघि बैंककमै भएको १९औँ विश्व मुवाँथाई च्याम्पियनसिपमा जितेको स्वर्ण हो । उनले सेमी प्रोको पुरुष ५४ केजीमा स्वर्ण जितेका थिए । त्यो स्वर्ण नेपाली मुवाँथाईको इतिहासमा कुनै पनि खेलाडीले सेमी प्रोमा जितेको एक मात्र स्वर्ण हो । १९औँ संस्करणअघि गुणराजले १७औँ र १८औँ संस्करणको विश्व च्याम्पियनसिपमा कांस्य जितेका थिए । उनी १३औँ र १५संस्करणको विश्व च्याम्पियनसिपमा पनि सहभागी भएका थिए । यी सबै विश्व च्याम्पियनसिप थाइल्यान्डमा भएको थियो ।

गुणराज विभिन्न समयमा भएका नेपाल मुवाँथाई च्याम्पियनसिप, टप ५ मुवाँथाई प्रो फाइट, तेस्रो, चौथो र आठौँ संस्करणको इन्डो–नेपाल मुवाँथाई च्याम्पियनसिप र तेस्रो केब्याग अन्तर्राष्ट्रिय मुवाँथाई च्याम्पियनसिपका स्वर्ण विजेता हुन् । पाँचै प्रतियोगिता नेपालमा भएका थिए ।

उनी थाइल्यान्डमै भएको प्रोफेसनल मुवाँथाई फाइट र फेयरटेक्स प्रोफेसनल फाइटका विजेता हुन् । उनले २०१६, २०१८ र २०२२ को वर्ष उत्कृष्ट मुवाँथाई खेलाडीको अवार्ड जितेका छन् । उनले कम्बोडियामा भएको दोस्रो विश्व कुन्खेमरमा पनि नेपालको चुनौती प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro