site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलामै ३५ सय घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ३५ सय रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार प्रतितोला एक लाख ८५ हजार ३०० रुपैयाँ कायम थियो ।

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको महासंघले जनाएको छ । आज चाँदी एक हजार ९२५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्