site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाउनेलाई कारबाही गर्छौं : गृहमन्त्री
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल पत्रकार महासंघको टोलीले गृहमन्त्री रमेश लेखकलाई ध्यानाकर्षण पत्र बुझाएको छ । 

महासंघका महासचिव रामप्रसाद दाहाल सहित आठजनाको संयुक्त टोली चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाएको भन्दै सरकारलाई घटनाको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण बुझ्दै गृहमन्त्री लेखकले उक्त घटना अराजक, हिंस्रक एवं सिद्धान्तविनाको भिडले गरेको बताउँदै उक्त विषयमा सरकार गम्भीर भएको बताए ।

“तीनकुनेमा भएको अराजक भिडको कुनै निश्चित वाद, सिद्धान्त केही पनि थिएन, मात्रै अपराधिक कार्य गर्ने निश्चित उद्देश्य थियो, लक्ष्य थियो ।” गृहमन्त्री लेखकले भने, “विध्वंश मच्चाउने झुण्डले उग्रता देखायो, त्यसको मार पत्रकारलाई पर्न गएको छ, यस विषयमा नेपाल सरकार गम्भीर छ ।” 

हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारकर्मी रहेको घरमा आगजानी गर्ने एवं सञ्चारगृहमा र सञ्चारकर्मीलाई निशाना बनाएको विषयमा सरकारले सत्यतथ्य छानबिन गरी घटनाका दोषीलाई कारबाही गरिने गृहमन्त्री लेखकले बताए । 

यसैगरी उक्त घटनाबाट ज्यान गुमाएका पत्रकार सुरेश रजक र अन्य घाइते पत्रकारको विषयमा सरकार गम्भीर भएको र उक्त विषयमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार लागिरहेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro