site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । 

आज बिहान ११ बजेको लागि संसदको बैठक बोलाइएको छ । बैठकको सुरुमै प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

प्रधानमन्त्रीको सम्बोधनसँगै प्रमुख प्रतिपक्षी दलद्वारा जारी संसद्को अवरोध अन्त्य हुने बर्तौलाले बताएका छन् ।

आजको बैठकबाट महत्वपूर्ण पाँचवटा प्रतिस्थापन विधयेकहरू छलफलसहित पारित गर्ने कार्यसूची रहेको छ ।
 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्