site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लेवान्डोवस्कीप्रेरित बार्सिलोनाको सहज जित

काठमाडौं । रोवर्ट लेवान्डोवस्कीप्रेरित बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुनः तीन अंकको अग्रता बनाएको छ ।

आइतबार घरेलु मैदानमा सम्पन्न खेलमा जिरुनाविरुद्ध ४–१ को जित निकाल्दै बार्सिलोनाले तीन अंकको अग्रता बनाएको हो ।

खेलको ४३औँ मिनेटमा ल्याडिस्लाभ क्रेजीबाट भएको आत्मघाती गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । तर, ५३औँ मिनेटमा अर्नाउट डान्जुमाले गोल गर्दै पाहुना टिमलाई खेलमा फर्काए ।

६१औँ मिनेटमा लेवान्डोवस्कीले गोल गर्दै बार्सिलोनालाई पुनः २–१ को अग्रतामा राखे । ७७औँ मिनेटमा लेवान्डोवस्कीले दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रतालाई ३–१ को अग्रतामा पुर्‍याए ।

८६औँ मिनेटमा फेरान टोरेसले गोल गरेपछि बार्सिलोनाले ४–१ को जित पक्का गरेको हो ।

जितसँगै शीर्ष स्थानको बार्सिलोनाले २९ खेलबाट ६६ अंक जोडेको छ । जुन दोस्रो स्थानको रियालको भन्दा तीन अंक बढी हो । समान खेल खेलेको रियालको ६३ अंक छ ।

तालिकाको १३औँ स्थानमा रहेको जिरुनाले ३४ अंक जोडेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  २२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro