site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजतन्त्रले शिर उठाउन खोज्नु शमसानघाटबाट मुर्दालाई ब्युँताउने कोसिस गर्नुजस्तै : उपपधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले राजतन्त्रले शिर उठाउनु शमसानघाटबाट मुर्दालाई ब्युँताउने कोसिस गर्नुभएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालमा फेरि राजतन्त्र कहिल्यै शासनसत्तामा आउन नसक्ने बताए ।

राजतन्त्रले आफ्नो औचित्यमाथि प्रश्न खडा गरेका कारण नेपाली समाजबाट सदाका लागि बिदा भएर गएको उनको भनाइ छ । उनले राजतन्त्रको विद्रुप अनुहार गत शुक्रबार सडकमा देखिएको टिप्पणी गरे ।

उक्त आन्दोलनले राजावादीहरू हिंसा, आतंक, लुटपाट र नागरिकको मौलिक हकको विरुद्धमा रहेको देखिएको बताए । गणतन्त्रवादी दलहरूलाई जनताको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर अघि बढ्ने अभिभारा रहेको उल्लेख गरे ।

"समाप्त भएको राजतन्त्र जसरी आज शिर उठाउने कोसिस गर्दैछ यो वास्तवमा शमसानघाटबाट मुर्दालाई ब्युताउँने कोसिस जस्तै हो । नेपालमा राजतन्त्र कहिल्लै पनि फर्कन सक्दैन । शासनसत्तामा आउन सक्दैन । यो कुरामा हामीले कुनै पनि दुविधा राख्नु हुँदैन । जहाँसम्म राजतन्त्रवादीहरूको कुरा छ । राजतन्त्रका हिमायतीहरूको कुरा छ । उनीहरूको वास्तविक चरित्र के हो दुईदिनअघिको घटनामा प्रकट भएको छ । राजतन्त्रको विद्रुप अनुहार सडकमा देखिएको छ," उनले भने ।

दलहरूले जनताका आवश्यकता र आकांक्षाहरूलाई ठिक ढंगले सम्बोधन गर्दै सबै प्रकारका विभेद र असमानताहरूलाई समाप्त पार्नेगरी अगाडि बढ्न जरुरी रहेको समेत बताए ।

 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro