site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एआईसहितको सामसुङ ग्यालेक्सी ए५६, ए३६ र ए२६ सार्वजनिक

काठमाडौं । सामसुङले ग्यालेक्सी ए५६ फाइभ–जी, ग्यालेक्सी ए३६ फाइभ–जी र ग्यालेक्सी ए२६ फाइभ–जी सार्वजनिक गरेको छ । पहिलोपटक ग्यालेक्सी ‘ए’ सिरिजमा ‘असम इन्टेलिजेन्स’ समावेश गरेको छ ।

ग्यालेक्सी ए५६ र ए३६ अहिले नै नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यस्तै, ग्यालेक्सी ए२६ अप्रिलको पहिलो साताबाट बजारमा आउने सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले जनाए ।

ग्यालेक्सी 'ए' सिरिजका फोनहरूमा अघिल्लो वर्ष चर्चित गुगलको ‘सर्कल टू सर्च’ विशेषता अब थप उन्नत भई फोन स्क्रिनबाट सजिलै खोज्न मिल्नेछ । यस फिचरले स्क्रिनमा देखिएको नम्बर, इमेल ठेगाना वा यूआरएल सजिलै पहिचान गर्न सक्ने कम्पनीले जनाएको छ । ‘सर्कल टू सर्च’ले गीतहरू पनि तत्काल पहिचान गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी 'ए' सिरिजका सबै डिभाइसहरूमा ५० एमपी मुख्य क्यामेरा तथा ‘अब्जेक्ट इरेजर’ सुविधा उपलब्ध छ । यसले प्रयोगकर्तालाई फोटोबाट अनावश्यक वस्तुहरू हटाउन मद्दत गर्ने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी ए५६, ए३६ र ए२६ मार्च २८ देखि नेपालका सबै सामसुङ आधिकारिक स्टोरहरूमा उपलब्ध छन् । साथै, सामसुङ इन्स्टा फाइनान्स सेवाको माध्यमबाट ग्राहकहरूले ईएमआई विकल्पमा पनि फोन किन्न सक्नेछन्। शून्य प्रतिशत ब्याजदरमा ईएमआई २३०० प्रतिमहिनाबाट सुरु हुने कम्पनीले जनाएको छ ।

पुराना फोन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूले ‘सबकोफोन’ वा ‘अर्कोस्टोर’मार्फत साट्न पनि सक्ने कम्पनीले जनाएको छ ।

हेर्नुहोस् मूल्यसूची

Capture-1743331617.PNG
 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro