
काठमाडौं । साफ यू–१९ साफ च्याम्पियनसिपमा समूह विजेता बन्ने लक्ष्यसहित आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै छ । मंगलबार समूह ‘बी’को अन्तिम खेलमा नेपालले घरेलु टिमलाई चुनौती दिन लागेको हो ।
भारतको युपियास्थित गोल्डेन जुब्ली रंगशालामा हुने खेल नेपाली समयानुसार आज साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ ।
समूह ‘बी’मा समान तीन अंक भए पनि नेपालभन्दा भारत अगाडि छ । दुवै टोलीले तीन–तीन अंक जोडेका छन् । यसअघि, भारतले श्रीलंकालाई ८–० ले पराजित गरेको थियो । नेपालले पनि श्रीलंकाविरुद्ध नै ५–० को जित निकालेको थियो ।
आजको खेलमा नेपालले जित निकाले समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । तालिकानुसार, समूह विजेता बने नेपालले समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ ।