site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 छैटौँ स्थानमा उक्लियो सरस्वती
Tiktok banner adTiktok banner ad

काठमाडौं । वीरगन्ज युनाइटेडविरुद्ध सहज जित निकाल्दै सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सरस्वती युथ क्लब छैटौँ स्थानमा उक्लिएको छ । मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा सरस्वतीले वीरगन्जविरुद्ध ३–० को जित निकालेको हो ।

सरस्वतीको जितमा ज्ञानेन्द्र जोशी, नरेशकुमार खत्री र धीरेन्द्रकुमार शाहले समान एक–एक गोल गरे ।

खेलको १८औँ मिनेटमा ज्ञानेन्द्रले टोलीलाई अग्रता दिलाएका थिए । ५६औँ मिनेटमा नरेशले टिमको अग्रतालाई दोबर बनाए । ७२औँ मिनेटमा धीरेन्द्रले अग्रतालाई ३–० को अवस्थानमा पुर्‍याएका थिए ।

जवाफमा वीरगन्जले खेल अवधिभर कुनै पनि गोल फर्काउन सकेन ।

जितसँगै सरस्वतीले लिगमा १५ अंक जोडेको छ । सरस्वतीले कुल ११ खेलमा पाँच जित र ६ हारसहित १५ अंक बनाएको हो । वीरगन्ज भने पराजित भए पनि तेस्रो स्थमानमा छ ।

वीरगन्जको यो हार तेस्रो हार हो । वीरगन्जले कुल ११ खेलमा चार जित, चार बराबरी र तीन हारबाट १६ अंक बनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro